Techie IT
शुक्रबार, मंसीर १२,२०७७

अशोक लेलैण्ड र एनएमबी बैंकबीच सम्झौता


काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबी बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा आईएमई मोटर्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराई र बैंकको तर्फबाट चिफ बिजनेस अफिसर सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबी बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान दिइनेछ ।

यसैअनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका डोस्त मोडेलका सम्पूर्ण सवारीसाधन खरिद गर्नका लागि विना धितो कम्तीमा खरिद मूल्यको ६० (साठी) प्रतिशत सम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो सुविधाअनुसार अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका अन्य सवारीसाधनमा पनि बैंकको नीतिनियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताए ।

कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा ब्राण्ड अवेरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता भएको छ । एलसीभी सेगमेन्टअन्तर्गत डोस्ट मोडेलका सवारीसाधनहरु विभिन्न एप्लिकेसनजस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहोर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ । रेमिट्यान्स व्यवसायबाट उदाएको आईएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो ।

रेमिट्यान्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आईएमई ग्रुप निरन्तर लाग्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्