Techie IT
बुधबार, मंसीर १०,२०७७

‘अब १ रुपैयाँमा चढ्नुहोस् होण्डा’


काठमाडौं ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गरी ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ल्याएको छ । कोभिड– १९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै चाडवर्पको अवसरमा होण्डाले समस्त नेपालीहरुमाझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको जनाएको छ ।

मंगलबारदेखि लागू भएको यस योजनामा योजना अवधिभर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको ईएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्नेछन् । स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्नसक्ने कम्पनीको भनाइ छ ।

यस योजनाअन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्रयाच कुपनमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङका साथै ७ वर्षको लागि स्पेयर पार्ट्समा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्ने कम्पनीको भनाइ छ । थप जानकारी चाहिएमा होण्डाको टोल फ्रि नम्बरहरु १६६००१४६६३२ (नमस्ते) ९८०१५७११११ (एनसेल)मा सम्पर्क गर्न कम्पनीले आग्रह समेत गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्