Techie IT
बुधबार, मंसीर १७,२०७७

सानिमा लाइफका प्रमुख कार्यकारीमा मुखिया


काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुुक्त प्रमुुख कार्यकारी अधिकृत अगम मुखियाले पदभार ग्रहण गरेका छन् । उनले कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरूको समुुपस्थितिमा पदभार ग्रहण गरेका हुन् । सो अवसरमा प्रमुख कार्यकारी मुखियाले सानिमा लाइफलाई उत्कृष्ट स्थानमा पु-याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफ्नो कार्यअनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकीय पदमा रही १६ वर्षभन्दा बढी कार्य गरेको अनुभव रहेको मुखियाले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौँं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर तह उतीर्ण गरेका छन् ।

हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको सानिमाले गत आर्थिक वर्षको चौथो त्रैमासमा आठ करोड ५३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा आठ करोड ९१ लाख सात हजार रुपैयाँ रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्