Techie IT
शनिबार, मंसीर १३,२०७७

शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पुनः पाण्डे


काठमाडौं ।
। शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा दिपप्रकाश पाण्डे निरन्तता पाउने भएका छन् । हाल सोही कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई कम्पनीले पुनर्नियुक्ति दिन अनुुमति माग गर्दे नियमनकारी निकाय बीमा समितिलाई पत्राचार गरेको थियो ।

समितिले पाण्डेलाई पुनर्नियुक्ति दिन स्वीकृति दिएपछि थप चार वर्षको लागि शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पाण्डे नियुक्त हुने भएका हुन् । नेपाली बीमा क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव संगालेका पाण्डेले शिखर इन्स्योरेन्समा आबद्ध हुनुअघि झण्डै १० वर्ष एभरेष्ट इन्स्योरेन्स कम्पनीमा जनरल म्यानेजरको रूपमा काम गरेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्