Techie IT
शनिबार, मंसीर १३,२०७७

नेपाल ल्युुब आयलको सेयर दाखिला बन्द हुने


काठमाडौं ।
नेपाल ल्युब आयल लिमिटेडको सेयर दाखिला तथा खारेजी बन्द हुनेभएको छ । कम्पनीको आगामी कात्तिक ५ गते हुने २९औँ वार्षिक साधारण सभासम्बन्धी प्रयोजनको लागि यही असोज २२ गतेदेखि कात्तिक पाँच गतेसम्मको लागि सेयर दाखिला तथा बन्द हुने भएको हो ।

कम्पनीले उक्त सभामार्फत १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत जारी पुँजी तीन करोड रुपैयाँलाई वृद्धि गरी पाँच करोड रुपैयाँ पु-याउने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ । कम्पनीको पछिल्लो पटक प्रतिकित्ता एक सय ९० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।

बजार पुँजीकरण पाँच करोड ११ लाख ४७ हजार ५० रुपैयाँ पुुगेको कम्पनीको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड ६९ लाख १९ हजार पाँच सय रुपैयाँबराबरको दुई लाख ६९ हजार एक सय ९५ कित्ता सेयर सूचीकृत रहेको छ । (आर्थिक दैनिकबाट)

 

 

 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्