Techie IT
२९ साउन २०७९, आईतबार

युनाइटेड सिमेन्टद्वारा स्कुल ड्रेस वितरण


काठमाडौं । युनाइटेड सिमेन्टले महादेव खोला लेलेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीहरुलाई स्कुल ड्रेस वितरण गरेको छ । युनाइटेड सिमेन्टको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा सो कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरी कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् । सो कार्यक्रममा एसएम रोडा ढुङ्गाको पनि योगदान रहेको थियो । युनाइटेड सिमेन्टले विगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो र भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । ४३ ग्रेड तथा ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको यस उद्योगले उत्तरदायित्व वहन गर्न सधैं तयार रहेको जानकारी गराएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्