Techie IT
४ माघ २०७८, मंगलबार

ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खाता


काठमाडौं ।
ग्लोबल आईएमई बैंकले मेरी उनीलाई नामक निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले महिलाहरूलाई आर्थिकरूपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याइएको जानकारी दिएको छ ।

बैकका अनुसार ‘मेरी उनीलाई’ मुद्दती योजनाले, महिलाहरूका नाममा बचत गर्न, महिलाहरूलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलाहरूलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिकरूपमा महिलाहरूलाई सबल बनाउन, सहयोग पु-याउनेछ । एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने यो मुद्दती योजनामा वार्षिक नौ प्रतिशतसम्म ब्याज पाइनेछ ।

यो मुद्दती योजनामा छ महिनादेखि पाँच वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकताअनुसार पटक–पटक रकम थप गर्न पनि सकिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शत प्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाखभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।

यो योजनाअन्तर्गत मुद्दती खाता खोल्ने ग्राहकहरूले होम लोनको प्रोसेसिङ शुल्कमा शत प्रतिशत छुट पाउनेछन् भने निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ ।

यो मुद्दती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरूलाई सामाजिक, आर्थिक र मानसिकरूपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवामा अतिरिक्त सुविधाहरू प्रदान गर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरू ल्याउने गरेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्