Techie IT
८ असार २०७८, मंगलबार

सानिमा बैंकद्वारा बडा दशैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना सुरु


काठमाडौं ।
सानिमा बैंकद्वारा बडा दशैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना सुरु गरेको छ । बैंकका अनुसार नेपालीहरूको महान चाड बडा दशैंको उपलक्ष्यमा बैैंकले ‘योपालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड योजना सञ्चालनमा ल्याएको हो ।

यो योजना सोमबारदेखि असोज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरूमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने जानकारीसमेत बैंकले दिएको छ । यसैगरी पहिलो ५० जना ग्राहकहरूले अनलाइन सपिङ पोर्टल दराजमा तीन हजार रुपैयाँबराबरको सामान खरिद गर्दा पाँच सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।

बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारीत काउन्टरर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्