Techie IT
३० जेठ २०७८, आईतबार

एनआईबीएल एस क्यापिटलले २२ प्रतिशत नगद लाभांश दिने


काठमाडौं ।
एनआईबीएल एस क्यापिटल लिमिटेडले २२ दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २७ करोड रुपैयाँमध्येबाट २२ दशमलव २२ प्रतिशतको अनुपातमा छ करोड रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुुसार लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी कात्तिक पाँच गते हुुने आठौँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । उक्त सभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणसहित कम्पनीको आगामी योजनाहरूका बारेमा पनि प्रस्तवाहरू पारित गर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्