Techie IT
१० असार २०७८, बिहीबार

प्रभुु इन्स्योरेन्सको सञ्चालकमा पाण्डेय


काठमाडौं ।
प्रभुु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा रेनुुप्रसाद पाण्डेय चयन भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितीको तीन सय ८५औं बैठकले पाण्डेयलाई सञ्चालकमा चयन गरेको हो । यसअघि कम्पनीको सञ्चालमा निरज लम्साल रहेका थिए । लम्सालले उक्त कम्पनीको संस्थापक सेयरधनी समूहकोरूपमा रहेको प्रभुु बैंकको प्रतिनिधिको रूपमा सञ्चालक समितीमा प्रतिनिधित्व गर्दै आएका थिए । तर पछिल्लो पटक बैंकले आफ्नो प्रतिनिधि परिवर्तन गरी पठाएपछि उनको ठाउँमा पाण्डेयलाई चयन गरिएको कम्पनीले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्