बजार परिसूचक १५ सय ६० अंकमा
एक सय ९१ कम्पनीहरूको एक अर्ब ६९ करोडको सेयर किनबेच

काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंंकले उकालो लागेको बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार चार दशमलव ७३ अंकले ओरालो लागेर १५ सय ६० दशमलव ८३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८७ अंकले ओरालो लागेर तीन सय नौ दशमलव ६० अंकमा झरेको छ ।
यसदिन कुुल एक सय ९१ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३० हजार पाँच सय ९६ पटकको कारोबारमा ६९ लाख ९७ हजार चार सय २० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६९ करोड एक लाख ५४ हजार पाँच सय २५ रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार १० वटा समूहको सूचक ओरालो लागेका छन् भने दुुईवटा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैक समूहको सूचक चार दशमलव तीन अंकले ओरालो लागेर १२ सय ५४ दशमलव ६१ अंकमा पुुगेको छ भने जलविद्युत् समूहको सूचक दुुई दशमलव ९१ अंकले ओरालो लागेर १२ सय ८० दशमलव ३८ अंकमा झरेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि ४९ दशमलव ८३ अंकले ओरालो लागेर सात हजार आठ सय आठ दशमलव १७ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ५२ दशमलव ९१ अंकले ओरालो लागेर नौ हजार पाँच सय ६० दशमलव ४५ अंकमा झरेको छ ।
यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १४ दशमलव ६९, १९ दशमलव ३९, १९ दशमलव ६४, शून्य दशमलव एक, सात दशमलव ६१ र शून्य दशमलव शून्य पाँच अंकले ओरालो लागेका छन् ।
कमाउने समूहमा परेको विकास बैंक समूहको सूचक दुुई दशमलव २४ अंकले उकालो लागेर १८ सय ४७ दशमलव ५४ अंकमा चढेको छ भने फाइनान्स समूहको सूचक पनि ११ दशमलव ४१ अंकले उकालो लागेर सात सय ७८ दशमलव ५६ अंकमा चढेको छ ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य नौ दशमलव ६३ प्रतिशतले बढेर दुुई सय ३९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सेन्ट्रल फाइनान्सको सेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेर एक सय ६० रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, सर्पोट माइक्रोफाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको सेयर मूल्य पाँच दशमलव १७ प्रतिशतले घटेर एक सय ६५ रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको गुुर्खाज फाइनान्सको सेयर मूल्य पनि चार दशमलव ८३ प्रतिशतले घटेर एक सय ३८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, लक्ष्मी इक्विटी फण्ड आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा हिमाल दोलखा पावर कम्पनी परेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक सय नौ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ३२ लाख ६३ हजार चार सय ५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता आठ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ४० लाख ३३ हजार चार सय ४५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक प्रभुु बैंक, कुुमारी बैंक, सिभिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्