Techie IT
९ असार २०७८, बुधबार

ओप्पोद्वारा एफ१७ प्रो, एन्को डब्ल्यू ५१ र ओप्पो वाट्च नेपालमा सार्वजनिक


काठमाडौं ।
ओप्पोले आफ्नो नयाँ ह्यान्डसेट ओप्पो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । अल्ट्रा–स्लिक स्मार्टफोन बडीमा फेसनेबल प्रविधि सुसज्जित ओप्पो एफ१७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फंक्सनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार नेपाली उपभोक्ता माथि गरिएको अन्वेषणमा आधारित एफ१७ प्रोको डिजाइनमार्फत फोनमा उत्कृष्ट पोट्रेट फोटोका लागि एआई क्यामेराका साथमा भोक फ्ल्यास चार्जको अत्याधुनिक समीकरण पनि उपलब्ध गरिएको छ । फोनको अग्रभागमा तस्बिरमा बोके इफेक्ट दिनका लागि हार्डवेयर लेभल प्रोसेसिङको सुविधा प्रदान गर्ने डुअल क्याम जडान गरिएको छ । डुअल लेन्स बोकेले पोट्रेट सेल्फी तस्बिरका साथै, भिडियो तथा शटमा रहेका बहुसंख्यक व्यक्तिका लागि उपयोगी हुने गरी अपग्रेड गरिएको छ ।

एफ१७ प्रोले ट्रेन्डसेटिङ तथा महत्वाकांक्षी प्रयोगकर्ताका आकार तथा स्टाइलका लागि रहेका सबै अपेक्षाहरु पूरा हुने कम्पनीको भनाइ छ । एफ१७ प्रोमा कम्पनीले राउन्डेड एड्ज डिजाइन प्रविधि अपनाइएको २२० डिग्री एड्ज प्रस्तुत गरेको छ । साथै यसमा ६.४३ इन्चको डुअल पञ्च–होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, यसमा एफएचडी प्लस सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७ प्रतिशत स्क्रिन–टू–बडी रेसियो उपलब्ध गरिएको छ ।

एफ१७ प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेटका साथमा ८ जीबी ¥याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको कम्पनीले जनाएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार यसमा रहेको थ्री–कार्ड स्लोटका माध्यमबाट ५१२ जीबीसम्म बढाउन सक्छन् । नयाँ फोनमा कम्पनीले एयर गेस्चर सुविधा पनि उपलब्ध गराएको छ । यसको सहायताले फोनलाई प्रत्यक्ष रुपमा नछोईकनै पनि प्रयोगकर्ताले २० देखि ५० सेन्टिमिटर सम्मको दूरीमा इसारामार्फतै कल उठाउन सक्छन् ।

एफ१७ प्रोमा इन्फाइनाइट एड्ज डिजाइन, आर्टिस्टिक वालपेपर्स, ओप्पोज स्क्रिन इमेज इन्जिन (ओएसआईई) अल्ट्रा क्लियर भिजुअल इफेक्ट र डार्क मोडलगायत फिचर्सहरु पनि उपलब्ध गरिएका छन् । एफ१७ प्रोमा मल्टिटास्किङमा सहजताका लागि क्विक रिटर्न बबल फिचर पनि दिइएको छ । ओप्पो१७ प्रो नयाँ कलरओएस भर्जनका साथमा सार्वजनिक हुने पहिलो ब्याट्चका स्मार्टफोन्समध्येको हुनेछ ।

नेपाली बजारमा ओप्पो एफ१७ प्रो अक्टोबर १ देखि सर्वत्र उपलब्ध गरिने जानकारी दिइएको छ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दुई भिन्न रंगमा सार्वजनिक हुने यो फोनको बजार मूल्य ४३ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी ओप्पोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप वृद्धि गर्दै एन्को डब्लयू५१ र ओप्पो वाट्च पनि सार्वजनिक गरेको छ । ओप्पो वाट्च, ४१ एमएम र ४६एमएम गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । तिनको मूल्य क्रमशः २४ हजार नौ सय ९० रुपैयाँ र ३४ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, ओप्पो एन्को डब्ल्यू५१को मूल्य ८ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

ओप्पो एफ१७ प्रो र वाट्च खरिद गर्न चाहने उपभोक्ताका लागि सेप्टेम्बर २८ देखि ३० सम्म प्रि–बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ । एफ१७ प्रो सार्वजनिक गर्न आयोजित अनलाइन लञ्च इभेन्टमार्फत कम्पनीले ओप्पो एफ१७ पनि सार्वजनिक हुने जानकारी दिएको छ । ओप्पो एफ१७ भने अक्टोबर ५ देखि नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य भने अहिलेसम्म कम्पनीले खुलाइसकेको छैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्