Techie IT
१२ असार २०७९, आईतबार

निसानको धमाकेदार दशैँ, तिहार तथा छठ अफर


काठमाडौं ।
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दशैँ, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन् । साथै नौ महिनासम्मको ईएमआई पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ३५ हजार नौ सय ९९ रुपैयाँबराबरको रेड्मी नोट नाइन प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको फ्र्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० वर्षसम्मको फाइनन्सिङ्ग, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालू आवको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्