Techie IT
४ माघ २०७८, मंगलबार

एनआरएन लघुवित्तको सेयर दाखिला बन्द हुने


काठमाडौं ।
एनआरएन लघुुवित्त वित्तीय संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको छ । संस्थाको यही असोज चार गते बसेको सञ्चालक समितिको ५२औं बैठकले यही असोज १८ गते विशेष साधारणसभा गर्ने घोषणा गरेको छ । सोही सभाको लागि संस्थाको यही असोज ११ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुुन लागेको हो ।

संस्थाले उक्त सभामार्फत संस्थाको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । नाम परिवर्तनपश्चात् संस्थाको कर्पोरेट कार्यालय काठमाडौँको बुुढानिलकष्ठमा स्थापना गर्ने, पुनः सर्वसारणलाई एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी उक्त सभाले मर्जरपछि कायम रहने एनआरएन लघुुवित्त वित्तीय संस्थाको आगामी चार वर्र्षे कार्यकालको लागि चार जना संस्थापक र दुई जना सर्वसाधारण गरी छ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्