Techie IT
१२ असार २०७९, आईतबार

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि


काठमाडौं ।
मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरूले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेबसाइटमा लगइन गरी वा मोबाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

साथै मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको चार हजारभन्दा बढी एजेन्टमार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेबसाइटमा पनि हेर्न सकिनेछ । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट बिनाशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्