Techie IT
१० असार २०७८, बिहीबार

सनराइज बैंकद्वारा सीतापुरमा शाखारहित बैंकिङ सेवा सञ्चालन


बाँके ।
सनराइज बैंकले बाँकेको खजुरा गाउँपालिका वडा २ सीतापुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बैंकका प्रदेश नं. ५ का प्रमुख सुनिल मण्डलले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुर्ताल, नेपालगञ्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य, कोहलपुर शाखाका प्रबन्धक मनोेजकुमार आचार्य, नरैनापुर शाखाका शाखा प्रबन्धक खड्कप्रसाद देवकोटालगायतको उपस्थिति थियो ।

उक्त शाखाबाट खाता खोल्ने, निक्षेप लिने र भुक्तानी दिने, बिलहरूको भुक्तानीजस्ता कामहरू हुनेछ । सुजाता खरेलले उक्त शाखा हेर्नेछिन् । कार्यक्रमको सञ्चालन सहायक कर्जा अधिकृत गोपाल ओलीले गरेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्