Techie IT
८ असार २०७८, मंगलबार

एभरेष्ट बैंकका ग्राहकलाई होटल एलफ्टमा १५ प्रतिशत छुट


काठमाडौं ।
एभरेष्ट बैंकका गा्रहकहरूले होटल एलफ्ट छुट पाउने भएका छन् । बैंकले काठमाडौँको होटल अलफ्ट ठमेलसँग आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको हो । होटल एलफ्ट ठमेल, काठमाडौँं, एक पाँचतारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाईनका साथै आफ्नो समृद्ध इतिहासको लागि प्रख्यात रहेको छ ।

यस सहकार्यअन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरूले फुुड एण्ड बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मूल्यमा १५ प्रतिशत छुट पाउनेछन् । हालको महामारीको स्थितिका कारण यो अफर टेक अवे सेवा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भएलगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ ।

यो सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले आफ्नो एटीएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् । बैंकले सधैँ सर्भिस विथ स्माइलको भावना बोकी आफ्नो ग्राहकहरूको फाइदा र सन्तुष्टिमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ ।

स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । हालसम्म बैंकको ९५ शाखाहरू, ३१ राज्वस्व सङ्कलन काउन्टरहरू र एक सय २३ स्थानमा एटीएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्कमार्फत बैंकले पेसेवर दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्