Techie IT
१७ असार २०७९, शुक्रबार

कामना सेवा विकास बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता


काठमाडौं ।
कामना सेवा विकास बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता भएको छ । बैंकले संस्थागत परामर्शदाताको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त गर्ने सम्झोता गरेको हो । सम्झौतामा कामनाका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवासम्बन्धी सेवाहरू नबिल इन्भेष्टमेन्ट बैंकिङबाट प्राप्त गर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्