Techie IT
१२ असार २०७९, आईतबार

सनराइज बैंकद्वारा डिजिटल टेलर सञ्चालन


काठमाडौं ।
सनराइज बैंकले डिजिटल टेलर सञ्चालनमा ल्याएको छ । बैंकले काउन्टरमार्फत नगद झिक्ने प्रक्रिया सहज बनाउन डिजिटल टेलर सञ्चालनमा जानकारी दिएको छ । बैंकका अनुसार यो सेवाबाट चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न सकिनेछ । यसको लागि ग्राहकले मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरूमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । क्यूआर कोडमार्फत दैनिक एक लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँसम्म नगद निकाल्न सकिने बैंकले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्