Techie IT
१३ असोज २०७९, बिहीबार

गुर्खाज फाइनान्सद्वारा २५औं वार्षिक साधारणसभाको आह्वान


काठमाडौं ।
गुर्खाज फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले आगामी कात्तिक पाँच गते आफ्नो २५औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । फाइनान्सको बुुधबार बसेको सञ्चालक समितिको चार सय चारऔं बैठकले उक्त वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि फाइनान्सको यही असोज १८ गतेदेखि कात्तिक पाँच गतेसम्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । फाइनान्सले गत आर्थिक वर्षको मुुनाफाबाट कुुनै पनि किसिमको लाभांश नदिने भएको छ । फाइनान्सको हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्