Techie IT
१९ असार २०७९, आईतबार

बर्जर पेन्ट्स नेपालको ‘बर्जर उपहारको वर्षा’ योजना


काठमाडौं । बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ । बर्जर पेन्ट्स नेपालमा दुई दशकदेखि सजावटी पेन्टहरुमा एक चिरपरिचित ब्राण्ड रहँदै आएको छ । आफ्ना नवीनतम उत्पादन एवं विशिष्ट सेवाहरुका साथ प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल रहेको बर्जर पेन्ट्सले आइतबारदेखि प्रि–मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ ल्याएको हो ।

यस योजनाअन्तर्गत, ७५ हजार रुपैयाँ मूल्यबराबरको बर्जर पेन्ट्सको कुनै पनि इमल्सन उत्पादनहरु खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्नेछन् । लक्की ड्रमार्फत एक भाग्यशाली विजेताले बम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्नेछन् । अन्य बम्पर पुरस्कारमा सीजी ४३ इन्चको टिभी, सामसङ ७.५ किलो टप लोडिङ वाशिङ मेसिन, भिडियोकन १९० लि. फ्रिज र सिजी भ्याकुम क्लिनरहरु छन् ।

यो योजना बर्जरको वेदरकोट लंग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्फ सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीन फ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाइट इमल्सनमा लागू हुनेछ । बर्जर पेन्ट्स नेपालमा डेकोरेटिभ पेन्ट्सको श्रेणीमा अग्रणी पेन्ट कम्पनी हो । यसले सिल्क ब्रिद इजी, वेदरकोट लंग लाइफ, वेदरकोट च्याम्प, इजी क्लीन, सिल्क इल्युसन, सिल–ओ–प्राइम र अटोमेटेड एक्सपी मेसिनहरूमार्फत सञ्चालन हुने सम्पूर्ण एक्सप्रेस पेन्टिङ्ग सर्भिसहरूजस्ता धेरै नवीनतम उत्पादनहरू प्रस्तुत गरिसकेको छ ।

बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताहरुको आवश्यकता प्रति प्रतिबद्ध रही उपभोक्ताहरुको सन्तुष्टिलाई ध्यानमा राखी वातावरणमैत्री बाहिरी तथा भित्री उत्पादनहरु उपलब्ध गराई ‘नेपालको सबैभन्दा विश्वसनीय पेन्ट कम्पनी’को रुपमा स्थापित गरेको छ । नेपालमा ग्रीन पेन्टको अवधारणा पहिलो पटक बर्जर पेन्ट्सले ल्याएको र बर्जरका उत्पादनहरुमा कुनै किसिमका लेड, मर्करी तथा क्रोमियमजस्ता हानिकारक तत्वहरु नमिसिएको कम्पनीको दाबी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्