Techie IT
७ जेठ २०७९, शनिबार

होण्डाको आकर्षक उपहार योजना


काठमाडौं । नेपालको लागि होण्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

नेपालभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजनाअन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत एक लाख रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ भने योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूमध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरी सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्रमार्फत आकर्षक सामसङ ए फिप्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले नगद सात लाख रुपैयाँ नगद उपहार पाउनेछन् ।

स्याकार इन्भेष्टमेन्टमार्फत हुने एक प्रतिशत ईएमआई पेमेन्ट स्किमबाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । वैशाख २५ गतेदेखि सुरु भएको यो योजना जेठ १७ गतेसम्म नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्