Techie IT
८ असार २०७८, मंगलबार

कोरियन स्वादको हटपट चाउचाउ रामेन बजारमा


काठमाडौँ ।
पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धानपछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको हो । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको ’हटपट’ सिरिजका ब्राण्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ’हटपट’ चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए । अध्यक्ष पाण्डेले भने, ‘करिब डेढ वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौँ ।’ कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार पहिलो, ‘हटपट चिकन गोरमेट स्पाइसी’ सुपी नुडल्स हो । जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ । यो खासै पिरो छैन् । त्यसैले सबै उमेरका व्यक्तिहरूलाई यो सुहाउँदो छ । यसमा सिजनिङ पाउडरसँगसँगै ड्राइ भेजिटेबलको प्याकेट हुन्छ ।

यसैगरी दोस्रो, ’हटपट’ टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाई स्पाइसी पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ । टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो । दुईथरिकै ’हटपट’प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ ।

‘हटपट’ सिरिजअन्तर्गत अहिले गोरमेट स्पाइसी चिकेन र टु एक्स स्पाइसी ल्याएकोमा अबको एक महिनामा गोरमेट स्पाइसी भेजिटेबल ल्याउने तयारी कम्पनीले गरेको छ । गोरमेट स्पाइसी भेजिटेवल शाकाहारीका लागि हो । तर यसको स्वाद पनि सबै खालका ग्राहकहरूले मन पराउने विश्वास कम्पनीको छ ।

यसै आर्थिक वर्षभित्र थप नयाँ फ्लेभरमा हटपट सिरिजका अन्य उत्पादनहरू ल्याउने गरी काम भइरहेको कम्पनीले बताएको छ । यसरी विभिन्न स्वादका तयार भएपछि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए । सफ्ट लन्चिङको पहिलो चरणमा पोखराको बजारमा सार्वजनिक गरी डिपार्टमेन्टल स्टोर एवम् किराना पसलहरूमा यो चाउचाउ उपलब्ध गराइएको छ ।

काठमाडौं उपत्यकाको हकमा भने भाटभटेनी, विगमार्ट, डेलि ग्रोसरी, स्तुती मार्टलगायत अन्य सिगंल आउटलेट मार्टहरूमा पनि गएर किन्न सकिने कम्पनीको भनाइ छ । साथै अनलाइनमा दराज डट कम, ग्यापु डटकम आदिबाट समेत किन्न सकिन्छ ।

लकडाउनले गर्दा काठमाडौं उपत्यकाका सबै क्षेत्रमा यो चाउचाउ पु-याउन सकिएको छैन तर अब दशैंभन्दा अगाडि सहजै सबै क्षेत्रमा किन्न पाइने गरी बजार विस्तार गरिरहेको कम्पनीले बताएको छ । उपत्यकाका साथै देशका विभिन्न स्थानमा पनि चाउचाउ पु-याउने तयारी भइरहेको छ ।

यसैगरी कम्पनीले ’हटपट’ नुडल्स सिरिज सबै उत्पादनहरूको लागि पूर्वमिस नेपाल शृंखला खतिवडालाई अनुबन्ध गरेको छ । कम्पनीका उत्पादनहरू भविष्यमा नेपालबाहिर पनि निर्यात गर्ने योजना भएकाले खतिवडा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका नेपाली हुँदा राम्रो हुन्छ भन्ने लागेर उनलाई छानेको अध्यक्ष पाण्डेले बताए ।

’हटपट’ चाउचाउ सिरिजको ब्राण्ड एम्बेस्डर बनेपछि संक्षिप्त प्रतिक्रिया दिँदै खतिवडाले ‘हटपट’ नुडल्स स्वाद र गुणस्तरमा विश्वस्तरीय रहेको बताइन् । पहिले महँगो पैसा तिरेर अरू अन्तर्राष्ट्रिय ब्राण्डहरू नै खोज्नुपर्थ्यो भने अब ’हटपट’ले अत्यन्त सुलभ मूल्यमा नेपालमै सोही गुणस्तर उपलब्ध गराउन लागेको उनले बताइन् ।

नेपाली ब्राण्ड विदेशी मुलुकहरूमा चिनाउन पहल गर्ने उनको भनाइ छ । शृंखला खतिवडाले नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्