Techie IT
२ भदौ २०७९, बिहीबार

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा विशेष साधारणसभाको आह्वान


काठमाडौँ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्नको लागि यही असोज १८ गतेको लागि विशेष साधारणसभाको आह्वान गरेको हो । सोही दिन नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्राप्तिमा जाने तयारीमा रहेको सिटी एक्सप्रेस फाइनान्सले पनि विशेष सभाको आह्वान गरेको छ ।

फाइनान्सले उक्त सभामार्फत नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्राप्तिमा जाने र प्राप्तिको लागि सिटी एक्सप्रेसको एक सय कित्ता सेयरबराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता हुुनेगरी सेयरको स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्