आरएमडीसी लघुुवित्तले कमायो २८ करोड

काठमाडौं ।
आरएमडीसी लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा २८ करोड ५१ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफ ३२ करोड ९२ लाख १४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको संस्थाले गत आवमा आठ अर्ब छ करोड ८३ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ४६ करोड दुुई लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले आठ अर्ब २२ करोड १९ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा ४८ करोड ५९ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्