Techie IT
१७ असार २०७९, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होमलाई रकम सहयोग


काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई रकम सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको ललितपुरको धोबीघाटस्थित उक्त संस्थालाई दुुई लाख ५० हजार रुपैयाँ सहयोग गरिएको हो ।

बैंकले आफूहरूले गरेको सहयोगले मुस्कान होम अफ होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरूका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने विश्वास लिएको जानकारी दिएको छ । बैंकको तर्फबाट नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरेका थिए । (आर्थिक दैनिकबाट)

 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्