Techie IT
४ माघ २०७८, मंगलबार

एनएमबी बैंकद्वारा वित्तीय क्षेत्रमै पहिलो एनएमबी भिसा कर्पोरेट क्रेडिट सुरु


काठमाडौं ।
एनएमबी बैंकले कर्पोरेट क्रेडिट कार्ड जारी गर्न फेरि पहिलो नेपाली बैंकको रूपमा प्राथमिकता तय गरेको छ । बैंकले एनएमबी बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड प्रस्तुत गरेको छ जुन व्यावसायिक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिनेछ, बैंकले विज्ञप्तिमार्फत भनेको छ ।

बैंकका अनुसार यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरूजस्तै व्यवसाय प्रवर्द्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिङ र व्यवसायसँग सम्बन्धित अन्य खर्चहरूको व्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एकभन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरूको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकताअनुरूप निर्धारण गरिनेछ ।

‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हो र हामी विश्वस्त छौँ कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यावसायिक संगठनहरूमा वहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ । हाम्रा सेवाहरूमा मूल्य र मान्यतासहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौँ ।’ बैंकले विज्ञप्तिमार्फत भनेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्