Techie IT
१४ असोज २०७९, शुक्रबार

एनआरएन लघुवित्तद्वारा विशेष सभाको आह्वान


काठमाडौं ।
एनआरएन लघुुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असोज १८ कैलालीको होटल दिनेशमा विशेष सभाको आह्वान गरेको हो । संस्थाले उक्त सभामार्फत संस्थाको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । नाम परिवर्तनपश्चात् संस्थाको कर्पोरेट कार्यालय काठमाडौँको बुढानिलकष्ठमा स्थापना गर्ने, पुनः सर्वसाभारणलाई एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी उक्त सभाले मर्जरपश्चात् कायम रहने एनआरएन लघुवित्त वित्तीय संस्थाको आगामी चारवर्र्षे कार्यकालको लागि चार जना संस्थापक र दुई जना सर्वसाधारण गरी छ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्