Techie IT
१० असार २०७८, बिहीबार

हुन्डाईको ‘नयाँ क्रेटा’ बजारमा, सुरु मूल्य ४३ लाख ९६ हजार


काठमाडौं ।
नेपालका लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले निकै प्रतीक्षारत हुन्डाईको ‘नयाँ क्रेटा–दि अल्टिमेट एसयूभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । लक्ष्मी हुन्डाईको विभिन्न आधिकारिक डिजिटल प्लेट्फर्म फेसबुक, इन्स्टाग्राम, युट्युब पेजबाट भर्चुअल वेबकास्ट गरी उक्त गाडी नेपालमा सार्वजनिक गरिएको हो ।

नयाँ क्रेटाबारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक रूपेश शर्मा भट्टले वर्षौँदेखि हुन्डाई क्रेटाले नयाँस्तर कायम गर्दै नेपालमा पाँच हजारभन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको बताए । अब क्रेटाले फेरि नयाँ पहिचान कायम गर्ने अवसर आएको बताए । क्रेटा, दि अल्टिमेट एसयूभीले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने उनको विश्वास थियो ।

कम्पनीका अनुसार सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एसयूभीलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाइको एसयूभी भई ‘दि अल्टिमेट एसयूभी’ बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्तरता दिन र नयाँ स्तर कायम गर्न एसयूभी सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो ।

हुन्डाईको विश्वव्यापी डिजाइनको परिभाषा सेन्सियस स्पोर्टीनेससँगै एसयूभीको अगाडिको भागमा तीन डाइमेसनल कासकाडिङ ग्रिलीमा ठाडो र तेर्सो आकार र स्कल्पटेट बम्परको साथमा स्किड प्लेट्स लगाइएको छ । फ्लार्ड ह्विल आर्चेज कपलेडसहितको उत्कृष्ट डिजाइन गरिएको कार्फटेड क्रेस लाइन्स र बनेट न्यु क्रेटाको नयाँ पहिचान बनेको छ ।

विशिष्ट रुपमा छुट्टिएको बुमेरिङ आकारको एलईडी डिआरएलएससहितको एलईडी हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फग ल्याम्पका साथै वेलकम फंक्सनसँगै अटो अनफोल्ड ओआरभीएम र पुडल ल्याम्पले एसयूभीलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ । नयाँ क्रेटामा अल न्यू टु टोन कालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६.०३ से.मि को एचडी इन्फोटेन्टमेन्ट सिस्टम, लेडरले -याप गरिएको स्टेरिङ्गको साथै माउन्टेड कन्ट्रोल, १७.७८ सीएम डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटो हेल्दी एयर प्युरिफयर र स्मोथिङ व्लु एमविन्ट लाइटिङ रहेको छ । यसका साथै सुरक्षाका लागि नयाँ क्रेटामा स्ट्रङ बडी स्टक्चरसँगै एएचएसएसका साथै अन्य विभिन्न सुरक्षात्मक विशेषताहरु रहेका छन् ।

नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ । जस्तै, १.५ लिटर पेट्रोल र १.५ लिटर भीजीटी डिजेल इन्जिन । ट्रान्समिसनको अप्सनमा ६–स्पिड रहेको छ जुन सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ, साथै अप्स्नल १.५ लिटर डिजेल इन्जिनका लागि टरक्यू कन्भर्टर र १.५ पेट्रोल मोटरको लागि आईभीटी अटोमेटिक रहेको छ । नयाँ जेनेरेसनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार क्रेटा १.५ ईएक्स पेट्रोलको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ, क्रेटा १.५ एस पेट्रोलको मूल्य ५२ लाख ९६ हजार, क्रेटा १.५ एसएक्स पेट्रोलको मूल्य ५९ लाख ९६ हजार, क्रेटा १.५ एसएक्स सीभीटी पेट्रोलको मूल्य ६५ लाख ९६ हजार, क्रेटा १.५ इ. डिजेलको मूल्य ४३ लाख ९६ हजार र क्रेटा १.५ एस डिजेलको मूल्य ५४ लाख ९६ हजार तोकिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्