Techie IT
५ असार २०७८, शनिबार

नेपालमा रेमिट्यान्स पठाउने कम्पनी सम्बन्धित देशको डिजिटल पेमेन्टसँग आबद्ध हुनुपर्ने


काठमाडौँ ।
नेपालमा रेमिट्यान्स अर्थात् विप्रेषण पठाउने कम्पनीहरू सम्बन्धित देशको डिजिटल पेमेन्ट इन्स्ट्रुमेन्टसँग आबद्ध हुुनुुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

परिपत्रमार्फत राष्ट्र बैंकले भनेको छ, इजाजपत्र प्राप्त गरी रेमिट्यान्स कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था एवं रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरूलाई विदेशमा काम गरिरहेका नेपालीहरू कार्यरत रहेको देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थासँग आबद्ध भई रेमिट्यान्स कारोबार गर्नुुपर्ने छ । नेपाल राष्ट्र बैंक विप्रेषण नियमावली २०६७ मा उल्लेख भएको व्यवस्थाबमोजिम नेपालमा रेमिट्यान्स भित्र्याउन सकिने उक्त व्यवस्थामा उल्लेख रहेको छ ।

यो व्यवस्थाअनुसार नेपालमा भुक्तानी सेवा प्रदायकहरू अर्थात् बैंक तथा वित्तीय संस्थाहरूसँग आबद्ध भई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटमार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्न सक्नेछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्