Techie IT
१९ असोज २०७९, बुधबार

बैंक अफ काठमाण्डू र खल्ती डिजिटलबीच सम्झौता


काठमाडौँ ।
बैंक अफ काठमाण्डू (बीओके) र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंककातर्फबाट बजार व्यवस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटलका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बीओकेका ग्राहकहरूले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरू मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न सक्नेछन् । साथै ग्राहकहरूले खल्तीबाट उपलब्ध डिजिटल सुविधाहरू प्रयोग गर्न सक्नेछन् । यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुविधाहरू (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरू उपयोग गर्न सक्नेछन् । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो ।

खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरूको ग्राहक–शुल्क तिर्नेजस्ता धेरै सेवाहरू लिन सकिन्छ ।

खल्तीका प्रयोगकर्ताहरूको संख्या १३ लाखभन्दा बढी रहेको छ । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरूको अनलाइन भुक्तानी गर्न सकिने जानकारी पनि बैंकले दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्