Techie IT
बुधबार, मंसीर १०,२०७७

राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँको रिपो बिक्री


काठमाडौं, साउन २३
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको रिर्भस रिपो जारी गरेको छ । राष्ट्र बैंकका अनुसार साउन २२ गते बिहीबार सात दिने अवधिको रिभर्स रिपो बिक्री गरेको हो ।रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बिहीबार अपराह्न तीन बजेसम्म सहभागिता जनाएका थिए । रिपोको परिपक्व हुुने अवधि यही सायन २९ गते तोकिएको छ । यसअघि यही साउन १५ गतेपनि राष्ट्र बैंकले सात दिने अवधिको २० अर्ब रुपैयाँको रिर्भस रिपो बिक्री गरेको थियो । उक्त रिपोको परिपक्व हुुने अवधि पनि साउन २२ गते नै तोकिएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्