Techie IT
शुक्रबार, असोज ९,२०७७

मेगा बैंकद्वारा दुर्घटनामा दिवंगत सेनाका परिवारलाई सहयोग


काठमाडौं, साउन २३
मेगा बैंकले दुर्घटनामा दिवंगत सेनाका परिवारलाई सहयोग गरेको छ । बैंकले मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई बीमाबापत सात लाख रुपैयाँ प्रदान गरेको हो । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बीमाबापत सात लाख रूपैयाँ हस्तारन्तरण गरेको हो ।

गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्रजंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित घरमा बिदामा गएका बेला २०७६ साल फागुन १ गते धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो । मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्रजंग गुल्मका गुल्मपति मेजर भुपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टिकाराम रानालाई उक्त रकम हस्तान्तरण गरेका हुुन् ।

न्यूनतम एक हजार रूपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको सात लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको बैंककी प्रमुुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन । प्रमुुख कार्यकारी खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरूका परिवारलाई भरपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले ग्राहकहरूलाई यो योजना ल्याएको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्