Techie IT
२० साउन २०७८, बुधबार

ग्लोबल आईएमई बैंकको नयाँ शाखा मुगुको गमगढीमा


काठमाडौं, साउन २३
ग्लोबल आईएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छायानाथ गाउँपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अनुुसार नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुुई सय ५८ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर, राजस्व संकलन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ७१ वटा जिल्लामा फैलिएको दुुई सय ५८ शाखा सञ्जालसहित दुुई सय ३४ एटीएम, ३९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, दुुई सय तीन शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि, सम्र्पक कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्