Techie IT
३० जेठ २०७८, आईतबार

निक्षेप तथा कर्जा सुरक्षण कोष ४७औँ वर्षमा


काठमाडौँ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष ४७औं वर्षमा प्रवेश गरेको छ । सर्वसाधारणको निक्षेप तथा कर्जा सुरक्षण गरी वित्तीय विकासमार्फत आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यका साथ स्थापित कोष असोज चार गते अर्थात् आज आइतबार ४७औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा कोषले आगामी दिनहरूमा पनि आफ्नो सेवाको गुणस्तर अभिवृद्धि गर्दै विश्वसनीय एवं भरपर्दो सुरक्षण सेवामार्फत देशको वित्तीय प्रणालीप्रति अविछिन्न विस्वासको वातावरण कायम गर्ने दायित्वलाई अझ बढी सक्रियताका साथ निर्वाह गर्ने प्रण गरेको छ ।

हाल कोषले निक्षेप सुरक्षण, पशुुधन सुरक्षण, साना तथा मझौला उद्यम कर्जा सुरक्षण, लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा र निर्यात कर्जा सुरक्षणलगायतका कार्यहरू गर्दै आएको छ । कोषका अनुसार पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा सुरक्षण गराउने बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा सुरक्षणतर्फ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, ग्लोबल आईएमई बैंक र लक्ष्मी बैंक रहेका छन् ।

यसैगरी साना तथा मझौला उद्यम कर्जा सुरक्षणतर्फ सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक र बैंक अफ काठमाडौँ रहेका छन् । लघुुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षणतर्फ डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुुवित्त संस्था रहेका छन् । कोषका अनुसार बढी कर्जा सुरक्षण गराउने बैंक तथा वित्तीय संस्थाहरूलाई कोषले वार्षिक उत्सवकै अवसरमा सम्मान समेत गर्ने तयारी गरेको छ ।

अधिकृत पुँजी १० अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ नै रहेको कोषको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कोषको कुुल सेयर स्वामित्वमा ९० प्रतिसत अर्थात् नौ अर्ब रुपैयाँ नेपाल सरकारको नाउँमा रहेको छ भने १० प्रतिसत अर्थात एक अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकको नाउँमा रहेको छ । कोषले सरकार एवं नेपाल राष्ट्र बैंककै निर्देशन प्राकृतिक निक्षेपकर्ताहरूको तीन लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्