Techie IT
१४ असोज २०७९, शुक्रबार

माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता


काठमाडौँ ।
माछापुच्छ्रे बैंक लिमिटेड र भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच सम्झौता भएको छ । बैंकका अनुसार रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उद्देश्यले उक्त कम्पनीसँग रेमिट्यान्स सम्झौता गरिएको हो ।

सम्झौतापश्चात् भारतमा रहेका नेपालीहरूले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहजरूपमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रेका एक सय ५९ शाखा कार्यालयहरू तथा १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत प्रापकले सहजरूपमा प्राप्त गर्न सक्नेछन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सहकार्य गरी माछापुच्छ्रे रेमिट्यान्समार्फत नेपालमा पैसा पठाउँदा कम सेवा शुल्क लाग्नेछ ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रेले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना एक सय ५९ वटा शाखाहरू, एक सय ३३ शाखारहित बैकिङ सेवा र पाँचवटा एक्सटेन्स काउन्टर समेत गरी जम्मा दुुई सय ९२ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९९ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएसमार्फत ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्