नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारीमा दिपककुमार

काठमाडौँ ।
नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा दिपककुमार डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही असोज एक गते बिहीबार बसेको चार सय ५५औं बैठकको निर्णयअनुसार डेललाई सोही दिनदेखि नै लागू हुुनेगरी गरी बैंकको प्रबन्ध सञ्चालक एवं प्रमुुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरिएको हो । बैंकका अनुसार भारतीय स्टेट बैंकको प्रतिनिधिको रूपमा बैंकको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्