Techie IT
५ असार २०७८, शनिबार

सानिमा बैंकको नयाँ शाखा ताप्लेजुङ र कोहलपुरमा


काठमाडौँ ।
सानिमा बैंक लिमिटेडले ताप्लेजुङ र कोहलपुरमा आफ्नो ८१औं र ८२आंैं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका–५ स्थित ताप्लेजुङ शाखाको समुद्घाटन फुङलिङ नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्तरूपमा गरेका हुुन् ।

यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एनटीभी रोडस्थित कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्तरूपमा गरेका हुुन् । यी शाखाहरू सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरूलाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्