Techie IT
४ माघ २०७८, मंगलबार

नबिल बैंकको चाडपर्वलक्षित योजना


काठमाडौँ ।
नबिल बैंकले चाडपर्वलक्षित योजना सुरु गरेको छ । बैंकका अनुसार कोभिड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाइमा रहेका छन् । यस कठिन समयमा सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरूप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रति उत्तरदायी हुन चाहन्छ । तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विस्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना सुरू गरेको हो, बैंकले विज्ञप्तिमार्फत भनेको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मदत पु¥याउनेछ भन्ने बैंकले आशा गरेको छ । योजनाअन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरूलाई वार्षिक नौ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी एक वर्षसम्मको मुद्दती खातामा बैंकले आठ दशमलव पाँच ब्याजदर प्रदान गर्दै छ ।

दुुई वर्षभन्दा माथि र पाँच वर्षसम्मका व्यक्तिगत मुद्दती खातामा वार्षिक नौ दशमलव २५ प्रतिशत ब्याजदर र पाँच वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक नौ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ । सातै घर कर्जामा साता दशमलव ४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभर ड्राफ्टमा सात दशमलव ९९ प्रतिशत साना तथा मझौला कर्जाअन्तर्गत एक करोड रुपैयाँसम्मको कर्जाका सात दशमलव ४९ प्रतिशत र एक करोडभन्दा माथिको कर्जामा सात दशमलव ९९ प्रतिशत ब्याज कायम गरिएको जानकारी पनि बैंकले दिएको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत प्रदान गरिएका कर्जाहरूमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायानुकूल सेवा प्रदान गर्दे आएको बैंकले हाल एक सय १९ शाखा, एक सय ८५ एटीएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्