Techie IT
१० असार २०७८, बिहीबार

मुक्तिनाथ विकास बैंकद्वारा ई–टेलर सेवा सुरु


काठमाडौँ ।
मुुक्तिनाथ विकास बैंकले ई–टेलर सेवा सुरु गरेको छ । बैंकका अनुसार कोरोनाको महामारीको विषम परिस्थितिमा ग्राहकहरूले सुरक्षित बैंकिङ कारोबार गर्न मिल्ने गरी ई–टेलर सेवा सञ्चालनमा ल्याइएको हो । ई–टेलरमार्फत ग्राहकहरूले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखाहरूमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका थिए ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यले ई–टेलर सेवा सञ्चालनमा ल्याएको हो । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको जानकारी समेत बैंकले दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्