आशा लघुवित्तको लाभांश १५ दशमलव ७८ प्रतिशत

काठमाडौँ ।
आशा लघुुवित्त वित्तीय संस्थाले १५ दशमलव ७८ प्रतिशत अर्थात् तीन करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट कर सहित उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा १५ प्रतिशत अर्थात् तीन करोड ४८ लाख ४३ हजार दुुई सय रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत अर्थात् १८ लाख ३३ हजार आठ सय ५३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी संस्थाको बुुधबार बसेको सञ्चालक समितिको ७८औं बैठले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्