Techie IT
५ असार २०७८, शनिबार

सेयर बजार परिसूचक १५ सय ७२ अंकमा

३० दशमलव ७८ अंकले बढ्दा तीन अर्ब ७२ करोडको कारोबार


काठमाडौं ।
सेयर बजार परिसूचक पुुनः उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक ३० दशमलव ७८ अंकले उकालो लागेर १५ सय ७२ दशमलव १८ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव दुुई अंकले उकालो लागेर तीन सय १२ दशमलव ५० अंकमा चढेको छ । यसदिन कुुल एक सय ९१ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार ५३ हजार दुई सय ४३ वटा कारोबारमा एक करोड ३२ लाख १८ हजार छ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ७२ करोड ७२ लाख २२ हजार एक सय छ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा समूहको सूचक शून्य दशमलव ४१ अंकले ओरालो लागेर आठ हजार एक सय ४७ दशमलव ४७ अंकमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । ती मध्ये वाणिज्य बैंक समूहको सूचक २८ दशमलव सात अंकले उकालो लागेर १२ सय ४९ दशमलव ३७ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक ६६ दशमलव चार अंकले उकालो लागेर १८ सय ३७ दशमलव ९६ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ८८ दशमलव ३८ अंकले उकालो लागेर १२ सय ९० दशमलव पाँच अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १२ दशमलव २१ अंकले उकालो लागेर २६ सय पाँच दशमलव ४६ अंकमा चढेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक पनि ४९ दशमलव ८८ अंकले उकालो लागेर नौ हजार आठ सय ७९ दशमलव ९५ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः छ दशमलव ५६, एक सय ६१ दशमलव ५१, ४१ दशमलव ९५, १३ दशमलव ३२, आठ दशमलव ६९ र शून्य दशमलव ११ अंकले उकालो लागेका छन् । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको लिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर छ सय ६० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर एक सय १० रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक सोल्टी होटल लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआरएन लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने छ दशमलव ७३ प्रतिशतले घटेर १२ सय पाँच रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिद्धार्थ इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य पनि पाँच दशमलव सात प्रतिशतले घटेर नौ रुपैयाँ १७ पैसामा किनबेच भएको छ । यीबाहेक एनआआईसी एसिया व्यालेन्स फन्ड, एभरेष्ट इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ७६ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड २५ लाख ३१ हजार दुुई सय ८४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय ११ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड १८ लाख २१ हजार तीन सय २८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, कुुमारी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्