Techie IT
१५ माघ २०७८, शनिबार

मिथिला लघुुवित्तको बोनस सेयर सूचीकृत


काठमाडौं, असोज १
मिथिला लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको दोस्रो कारोबार दिन एक लाख ५८ हजार सात सय ९२ दशमलव ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

पछिल्लो पटक संस्थाको प्रतिकित्ता आठ सय १५ रुपैयाँमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण ९९ करोड २१ लाख ८१ हजार रुपैयाँ रहेको संस्थाको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १२ करोड १७ लाख ४० हजार रुपैयाँबराबरको १२ लाख १७ हजार चार सय कित्ता सेयर सूचीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुुई करोड ३५ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ९१ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासिक अवधिमा ३५ करोड ९६ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड २३ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५० लाख २४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५९ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले २४ करोड ९४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ करोड ८२ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ८७ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७६ लाख १८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३३ प्रतिशत रहेको थियो ।  (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्