Techie IT
१४ असोज २०७९, शुक्रबार

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, भदौ ३१
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ६ बाट बैंकिङ कसुरमा फरार अभियुक्त रूपा गाउँपालिका ५ देउराली बस्ने ५७ वर्षीय केशबहादुर गुरुङलाई आइतबार पक्राउ गरेको हो ।

दण्डहिनताविरुद्धको अभियानअन्तर्गत उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र छ दिन कैद सजाय ठहर भई फरार रहेका थिए । उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ६ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्