Techie IT
सोमबार, असोज १२,२०७७

मेट लाइफका ग्राहकले घरमै बसी मोबाइलबाट विभिन्न सेवाहरू पाउने


काठमाडौं, भदौ ३०
मेट लाइफका ग्राहकहरूले घरमा नै बसेर मोबाइलबाट विभिन्न सेवाहरू उपयोग गर्न पाउने भएका छन् । कम्पनीले ग्राहकहरूमाझ बीमासम्बन्धी सेवा र सुविधालाई थप सजिलोसँग पहुँच बढाउन र आफ्नो बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप सञ्चालनमा ल्याएपछि ग्राहकहरूले यस्तो सेवा पाउने भएका हुुन् ।

कम्पनीका अनुसार नयाँ ग्राहक सेवा एपले ग्राहकहरूलाई घरमै बसी मोबाइलमार्फत मेट लाइफको विभिन्न सेवाहरूमा पँहुच बढाउनेछ । डिजिटल थिमअन्तर्गत सोमबार मेट लाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मलकाजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरू र फिल्ड फोर्सहरूको उपस्थितिमा भर्चअल कार्यक्रममार्फत उक्त एपको अनावरण गरेका थिए ।

मेटलाइफ नेपालको ग्राहक सेवा एप दुवै आईओएस एप स्टोर र एन्ड्रोइडमा गुुगल प्लेस्टोरबाट निःशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ । एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरणजस्ता जानकारी हेर्न सक्नेछन् । । ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन् । मेटलाइफ नेपालको एपमा सम्पर्क विवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ ।

नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन् साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेस गर्न सक्नेछन् । उपलब्ध विवरणको आधारमा मेट लाइफका प्रतिनिधिहरूले ग्राहकहरूलाई सम्पर्क गर्नेछन् । उक्त एपमा प्रिमियम क्याल्कुलेटर पनि समावेश गरिएको छ जसअन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरूको सोधपुछ गर्नसक्ने कम्पनीले जनाएको छ ।

मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मलकाजी श्रेष्ठले भने ‘मेटलाइफ नेपाल ग्राहकहरूका लागि आफ्नो डिजिटल क्षमता विस्तार गर्न प्रतिबद्ध रहेको छ ता कि उनीहरूले घरमा बसी कुनै पनि समयमा हाम्रा सेवाहरू प्रति पहुँच राख्न सक्नेछन् ।

महामारीको यस समयमा हामीले आफ्नो सेवा जारी गरिरहेको र यसैबीच ग्राहक सेवा एपलाई नेपालमा सुचारु गरेका छौँ, यस समाधानको साथ हामी हाम्रो ग्राहकहरूको जीवन अझ सरल र सजिलो बनाउन सक्षम हुनेछौँ । हाम्रा ग्राहकहरूको लागि डिजिटल अनुभव सुधार गर्न कार्य गरिरहने छौँ ता कि घरमै बसी ग्राहकहरूले हाम्रो सेवाहरूमा पहुँच राख्न सक्नेछन, उनले भनेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्