Techie IT
सोमबार, असोज १२,२०७७

नयाँ नेपाल र सारथीको एकीकृत कारोबार असोज ५ गतेबाट


काठमाडौं, भदौ ३०
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुुवित्त वित्तीय संस्थाले यही असोज ५ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । दुवै संस्थाले मर्जरमार्फत सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुुन् । मर्जरको लागि दुवै संस्थाले एकबराबर एकको अनुुपातमा सेयरको स्वाप रेसियो कायम गरेका थिए ।

एकीकृत कारोबारको तयारीमा रहेको सारथीको कार्यक्षेत्र राष्ट्रियस्तरको रहेको भए पनि नयाँ नेपाल लघुुवित्त भने १० जिल्ला कार्यक्षेत्र भएको संस्था हो । गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणको आधारमा नयाँ नेपालको चुक्ता पुँजी १० करोड आठ लाख रुपैयाँ रहेको छ भने सारथीको चुक्ता पुँजी ११ करोड चार लाख २५ हजार रुपैयाँ छ ।

एकीकृत कारोबारपश्चात् संस्थाको चुक्ता पुँजी २३ करोड ५८ लाख रुपैयाँ पुुग्नेछ । नयाँ नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १९ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २६ लाख आठ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी छ करोड १५ लाख रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासिक अवधिमा नौ करोड ९३ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ करोड ४० लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ६८ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ५३ लाख ४१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४६ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले सात करोड ३१ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४० करोड ४० लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ४० लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्