Techie IT
शनिबार, असोज ३,२०७७

वोमी लघुवित्तको सेयर कारोबार रोक्का


काठमाडौं, भदौ ३०
वोमी लघुुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । संस्थाको यही शुुक्रबार बसेको सञ्चालक समितिको बैठकले मर्जरसम्बन्धी निर्णय गरेसँगै उक्त संस्थाको सेयर कारोबार रोक्का भएको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाले सर्लाहीको हरिवनमा रहेको ग्रामीण स्वयंसेवक लघुुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जर गर्ने निर्णय गरेको छ । सोही प्रयोजनको लागि संस्थाको सेयर कारोबार हालको लागि स्थगित भएको हो, संस्थाले भनेको सोही प्रयोजनको लागि संस्थाको सेयर कारोबार हालको लागि स्थगित भएको हो, संस्थाले भनेको छ ।

संस्थाले गत गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुुई करोड ६८ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासिक अवधिमा ८६ करोड ६३ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब २८ करोड ६३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको प्रोभिजन रकम छ करोड ६३ लाख ८१ हजार रुपैयाँ रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्