Techie IT
८ असार २०७८, मंगलबार

नेपाली कांग्रेसको संगठन नमुना : विभाग कांग्रेसका हालीमुहाली अरु पार्टीको


आफैले तीनवटा तहको निर्वाचन गराएको नेपाली कांग्रेस चुनावको परिणाममा यी कुनै मध्ये एउटामा पनि सत्तापक्ष रहन सकेन र विपक्षमा पनि कुनै हैसियतको देखिएन । यस्तो किन भयो भन्ने यो निर्वाचनको तीन वर्ष वित्न लाग्दा को समयमा पनि प्रश्न उठिरहेको बेला पछिल्लो समय यसको सँगठन विस्तार गर्ने सन्दर्भमा भएका कामकुराले यसको उत्तर दिएका छन । त्यसको उत्तर हो सगठनमा आफ्नालाई पन्छाउने र पराइलाई आफनो बनाउने ।

यतिबेला काग्रेसको नेतृत्व त्यस्तो काममा लागेको छ जो महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गसिक्नुपनेृ थियो । तरयतकामचाहि अर्को महाधिवेशन आउन छ महिनापनि बाँकी नरहेको अवस्थामा हुन थालेको छ । यसको महाधिवेशन आउदो फागुन ७ देखि सुरु हुने भनी समय तोकिएको छ तर यही बेला यता यसका विभावहरु गठनभै रहेका छन । यसको विधानले भने यस्तो गर्नु विधानविपरीत काम हो ।

जानकार सूत्र अनुसार ४७ वटा विभाग मध्ये धेरैजसो यही गर्न नहुने समयमा गरिसकिएको छ । महाधिवेशनको मिति तोकिएपछि आचारसंहिता लागु भएर यस्तो काम निषेध गरिएको हो तर त्यही निषेधको समयमा नै धमाधम नयाँ सदस्य अर्थात नया विभाग बनाउने काम चलिरहेको छ आफनै पक्षकाहरुले पनि विरोध गर्दा गर्दै । पछिल्लो नौ विभागमा प्रमुख तोक्ने तयारी भैरहेको बुझिएको छ ।

कांग्रेसमा विधानतः २८ विभाग हुने प्रावधान थियो । त्यसलाई धेरै मान्छे थपेर महाधिवेशनमा त्यसको प्रभाव देखाउने गरी केन्द्रीय समितिकोे एकपक्षीय बहुमतबाट ४७ पु-याइए पछि यतिबेला त्यसके आपुर्ती हुनलागको वताइएको छ । यसअघि असन्तुष्ट समूहले विरोध गर्दागर्दै अधिकाश विभाग प्रमुख तोकिएका र तिनले सदस्यसमेत नियुक्त गरेका थिए ।

यसको विधानतमा एक विभागमा बढीमा ५१ जनासम्म सदस्य हुने व्यवस्था छ । यो अनुसारहुदा महाधिवेशनको कार्यतालिका पारित भएपछिको समयमानै २३–२४ सय सदस्य थपिने अवस्था छ । एउटा नेतृत्वले यतिसखयाको सदस्यता थपे भने अनुमान गर्नसकिन्छ त्यो महाधिवेशनबाट छानिएको नेतृत्व कस्तो होला ?

अहिले थपिएका यी सदस्य कस्ता छन त भन्ने प्रश्न पनि खडा हुन्छ । यसमा देखिउका विवरण अनुसार नेपाली कांग्रेसका साधारण सदस्यसमेत नभएकाहरुलाइपनि विभागको सदस्य बनाइएको पाइयो । त्यसको उदाहरण हुन दर्शन पार्टी नाम गरको राजनीतिक दलका समानुपातिक सूचीमा रहेका व्यक्तिलाई पनि कांग्रेसको विभागमा मनोनित गर्नु । यसले पनि बुझाउछ सांगठनिक हिसावले काँग्रेस कहाँ पुगेछ भन्ने ।

कांग्रेसमा ४७ विभागमध्येकाउउटा अहो शुभेच्छुक संस्था समन्वय विभाग । त्यसको सदस्यमा हेमन्तबहादुर मल्ल नाम गरका व्यक्ति सदस्यमा मनोनीत भएका छन । उता निर्वाचन आयोगको विवरणमा उनी नेपाल दर्शन पार्टीका तर्फबाट समानुपातिक सूचीमा सदस्य हुन अहिले पनि । यो विभागका प्रमुख एनपी साउदले मल्ललाई सदस्यमा मनोनीतका लागि सभापति समक्ष सिफारिस गरेका र सो अनुासर नै मनोनित गरेका बुझिएको छ ।

मल्ल १५ वर्ष अगाडि नै कांग्रेस छाडेर हिडेका व्यक्तिहुन । त्यस्ताव्यक्रि विभागको सदस्यमा मनोनीत भएको अवसथा देखेर दाङका कांग्रेसीहरुचित खाएका छन । मल्ल दाङ जिल्लाका तर्फबाट मनोनित भएका हुन । उनको यो मनोनयनले दाङ कांग्रेसमा यस्तो मनोनयन गर्ने पक्ष अर्थात देउवा समूहभित्रै यसले व्यापक असतुष्टी जन्माएको वताइएकोछ । यही खेमाकाअनुासर ‘नेपाल दर्शन पार्टी’ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा मल्लको नाम १ नम्बरमा रहेको खुलासा गरका हुन ।

गएको तीनवटै तहका निर्वाचनमा मल्ल दाङमा नेपाल दर्शन पार्टीका लागि मत माग्दै हिँडेका व्यक्तिहुन । दाङमा मल्लको क्रियाशील सदस्यताको सूचीमा नाम पनि छैन । अरु जे भए पनि कांग्ृकोविभागकोसदस्य बन्न सम्वन्धित व्यक्ति काग्रेसको सदस्य त हुनुपर्ने हो तर त्यति पनि सोधखोज भएन विभागको केद्रिय सदस्य बनाउन

दाङ कांग्रेसकालागि यस्तो जिल्ला हो जहाँबाट धेरैजना केन्द्रिय सदस्य छन । दीपक गिरी, पार्वती डिसी चौधरी, योगेन्द्र चौधरी, शिला गौतम खड्का, कृष्णकिशोर घिमिरे कांग्रेसको केन्द्रीय सदस्य हुन । यस्तो मनोनयन गर्दा जिल्लाको नेतृत्वसंग त सम्पर्क गरिएन नै केन्द्रिय नेताहरुसँग पनि सोधखोज गरिएन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्