आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, भदौ २९
रोल्पाको रुन्टिगढी गाउँपालिका-३ कट्टेधारा बस्ने जित बहादुर दमाईको घरमा सोलारको तार सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारस्थित मोहम्मद आरिफको न्यू चाँद ट्रेडर्स नामको सिरक, डस्ना, पलाईउड पसलमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २ लाख ९७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्र्टणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्