Techie IT
१४ असोज २०७९, शुक्रबार

विभिन्न् कारणले मृत्यु


काठमाडौं, भदौ २९

सप्तरीको बोदेबर्साइन नगरपालिका-३ कुसमहार बस्ने सञ्जय मलिकको ३ वर्षीय छोरा अकाश मलिकको पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । आफ्नै घरको छेउको सार्वजनिक पोखरीको डिलमा खेल्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका-३ डेरा गरी बस्ने महोत्तरी मनरासिसवा नगरपालिका घर भएका रामबाबु मण्डलकी १० वर्षीया छोरी काली कुमारी मण्डलको पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-१ खाकुरा बस्ने ७० वर्षीय हंसध्वज लिम्बुको सोही गाउँपालिका(१ स्थित खाकुरा भन्ने स्थानको लुन्द्रुङ खोलामा डुबेर आइतबार मृत्यु भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका-३ रामनगरस्थित कलभर्टमा जमेको पानीमा डुबेर लक्ष्मीनगर बस्ने ४० वर्षीय सत्य प्रकाश चौधरीको आइतबार मृत्यु भएको छ ।

यस्तै गरेर धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० तारपुलस्थित सडकमा ना.६ ख ३४६४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गोरखा गण्डकी गाउँपालिका-६ कौदी खोला बस्ने १२ वर्षीय परबचन प्रजाको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-१० बक्तौरामा ना.५ ख ६७६५ नम्बरको ट्रकले किच्दा सोही ठाउँ बस्ने बिक्रम साह तेलीकी ६ वर्षीया छोरी अनुष्का साहको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्